प्रधानमन्त्री को बन्ने भन्नेबारेको विवाद टुङ्ग्याउन सत्ता गठबन्धनको फेरि बैठक बस्ने भएको छ। शनिवार दिउँसो ४ बजेका लागि बैठक डाकिएको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरेपछि प्रधानमन्त्री चयनको विषय पेचिलो बनेको छ। माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्रीमा देउवा(प्रचण्डले नै दाबी गरेपछि सहमति हुन नसकेको बताउनुभयो।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि मंसिर ४ गते आह्वान गर्नुभएको थियो। एक साताको समय दिएर प्रधानमन्त्रीमा राष्ट्रपतिले गरेको आह्वान आइतवार सकिँदैछ। सरकार गठनको डेडलाइन नजिकिँदै गर्दा प्रचण्ड र देउवा दुवैको  दौडधुप बढेको छ।

शनिवार प्रचण्डलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर देउवालाई प्रधानमन्त्रीमा सघाउन आग्रह गर्नुभएको थियो। शुक्रवार पनि पौडेलले प्रचण्डलाई भेटनुभएको थियो। शुक्रवार र बिहीवार पनि गठबन्धन बैठकका नेताहरु बिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलमा प्रचण्ड र देउवा दुवैले प्रधानमन्त्रीमा दाबी गरेका थिए।

संविधानमा राष्ट्रपतिले चुनावको रिपोर्ट बुझाएको ३० दिनमा संसद आह्वान गर्नुपर्ने व्यवस्था छ। सांसदहरुले बिहीवार प्रतिनिधि सभा सदस्यको शपथ लिएका थिए।

शनिबार, ९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !