प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले ज्येष्ठ नागरिकको स्वास्थ्यमा पहुँच सुनिश्चित गर्न स्वास्थ्य प्रणालीमा सुधार गरिरहेको बताउनुभएको छ ।

शनिवार ललितपुरको बाँडेगाउँस्थित पूर्व प्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले ज्येष्ठ नागरिकको जीवन, सहज, सुरक्षित, सम्मानित र सुनिश्चित गरी सामाजिक न्यायको प्रत्याभुति दिलाउन सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले ज्येष्ठ नागरिको उपचारका लागि स्वास्थ्य पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यक्ता रहेको पनि बताउनु भयो । उहाँले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई देशभर बढाउन सरकारले बजेटमा ६५ वर्ष नाघेकालाई वृद्ध भत्ता दिने व्यवस्था गरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले सन्त नेता भट्टराई जस्ता प्रेरणादायी व्यक्तिहरुसँग काम गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताउनु भयो । सो अवसरमा प्रधानमन्त्री देउवाले किसुनजी ज्येष्ठ नागरिक स्वास्थ्य सेवा राष्ट्रिय अभियानको शुभारम्भ समेत गर्नुभएको थियो ।

 

शनिबार, ९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे