Trending
जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न आदिवासी जनजाति, स्थानीयबासिन्दा र महिलाको भूमिका महत्वपूर्ण हुनेमा बिज्ञहरुले जोड दिएका छन् ।
नेपाल सरकार र बिश्व बैंकबीच नेपालमा आदीबासीजनजाति र स्थानीय समूदायकालागि समर्पित अनुदान सयन्त्र सम्बन्धि काठमाडौमा भएको सम्झौतामा जलवायु र बातावरणविद्हरुले वनको संरक्षण र व्यवस्थापनमा समूदाय र आदीवासी जनजातिको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीका सल्लाहकार तथा वातावरणविद् डा. माधव कार्कीले जलवायु परिर्वतनको असर न्यूनिकरण गर्न प्राकृतिक स्रोतमा काम गर्ने संघ संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जलवायु परिर्वतनको असर न्यूनिकरण गर्नकोलागि विश्व समूदायको सहकार्य आवश्यक रहेकोमा पनि जोड दिनुभयो । डा. कार्कीले जलवायु परिवर्तको असर न्यूनिकरणकालागि वनको दिगो संरक्षण र व्यवस्थापन आवश्यक रहेकोमा पनि जोड दिनुभयो ।
फेकोफोनकी अध्यक्ष भारती पाठकले वन क्षेत्रमा बसोबास गर्ने आदीवासी जनजाती र स्थानीय समूदायको वनको संरक्षणमा महत्वपूर्ण भूमिका हुने बताउनुभयो । जलवायु परिर्वतको असर न्यूनिकरण गर्न स्थानीयस्तरदेखि बिश्वबाट प्रयास भईरहेको उहाँको भनाई थियो । उहाँले वनको संरक्षण र व्यवस्थापन गरेर जलवायु परिर्वतनको असर न्यूनिकरण गर्न समूदायले महत्वपूर्ण योगदान गरेको पनि बताउनुभयो । वातावरणको संरक्षणमा सामुदायीक बनको भूमिका पनि महत्वपूण रहेको उहाँको भनाई थियो । उहाँले वनको संरक्षणमा विकास साझेदारहरुबाट अनुदान लक्षित कार्यक्रम ल्याउनु पर्नेमा पनि जोड दिनुभयो । अध्यक्ष भारतीले जलवायु परिर्वतनको समस्या न्यूनकरण गर्न वनको दिगो व्यवस्थापन आवश्यक रहेको बताउनुभयो ।
नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का अध्यक्ष तथा विकासविद् डा.अर्जुन कार्कीले जलवायु परिर्वतन बिश्व समूदायकालागि चुनौतिको रुपमा रहेको बताउनुभयो । जलवायु परिर्वतनको असर बढ्दै गएको भन्दै उहाँले वनको दिगो व्यवस्थापन र संरक्षणबाट मात्र जलवायु परिर्वतनको असर न्यूकिरण गर्न सकीने बताउनुभयो । पछिल्लो समय हिमालमा पनि जलवायु परिर्वतको असर देखिन थालेको र यसले नेपालको पर्यटन क्षेत्रमा पनि समस्या ल्याउने औल्याउनुभयो । डा. कार्कीले सामुदायिक वनले जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याएको पनि बताउनुभयो ।
कार्यक्रमका बिश्व बैंकका प्रतिनिधि फरिस हदाद जर्वोसले जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न आदिवासी जनजाति र स्थानीय समूदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । वनको संरक्षण र सहि व्यवस्थापन अहिलेको आवश्यकता भएको भन्दै जनचेतनामूलक कार्यक्रमबाट परिर्वतन सम्भव हुने बताउनुभयो ।
विकास साझेदार राष्ट्रहरुबाट पछिल्लो समय जलवायु परिर्वतनको असर न्यूनिकरणका उपायका बारेमा गम्भिर समिक्षा र बहस हुनु पर्नेमा बिज्ञहरुले जोड दिएका थिए । जसकालागि स्थानीय स्तरमा व्यक्ति व्यक्ति, घरघर र समूदायसम्म जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिइएको थियो ।
बन व्यवस्थापन, हेरचाह, संरक्षण, बृक्षारोपणसहितको नीति अबलम्बन गर्न बिज्ञहरुले सुझाएका थिए ।