कैलालीमा तोरीखेतीप्रति किसानको आकर्षण बढेको छ । तोरीले मूल्य राम्रो पाएपछि तोरीखेतीमा कृषकको आकर्षण बढेको हो । गत वर्ष किसानले नौ हजारदेखि बाह्र हजार क्विन्टलसम्म तोरीको मूल्य पाएका थिए ।

घोडाघोडी नगरपालिका –१ का भगतराम चौधरीले सधैं गहुँखेती गर्दै आएकोमा यस वर्ष एक बिघा खेतमा तोरी लगाउनुभएको छ । समयमै सिंचाइ र मल नपाउँदा गतवर्ष गहुँखेतीबाट घाटा व्यहोरेको अनुभव चौधरीसँग छ । ‘लगानीको हिसाब गर्दा जोताइको पैसा सात हजार घाटा भयो’ उहाँले भन्नुभयो ।

गहुँको तुलनामा तोरीखेतीबाट छिमेकीले राम्रो आम्दानी गरेको देखेपछि चौधरीले यस वर्ष आफूले पनि तोरी छरेको बताउनुभयोे । कैलालीमा ठूलो क्षेत्रमा तोरीखेती गर्नेलाई स्थानीय तहले मल, बीउ, कृषियन्त्र लगायतमा ५० प्रतिशत अनुदान दिन थालेको छ । यसले पनि तोरीखेतीप्रति थप आकर्षण बढेको किसानहरुको भनाइ छ ।

घोडाघोडी नगरपालिका –३ चौरठ्ठीका २५ जना किसानले समुहगत रुपमा तोरी खेती गरेका छन् । घोडाघोडी नगरपालिकाबाट तोरी पकेट क्षेत्रका रुपमा अनुदान लिएर उहाँहरुले १५ बिघा जमिनमा तोरीखेती लगाउनुभएको छ ।

पहेँलै भएर फुलेको तोरीको फाँट देखाउँदै सयपत्री महिला समूहका अध्यक्ष ज्ञानु चौधरीले सिंचाइको सुविधा नभएको हुनाले पनि यो वर्ष सामूहिक तोरीखेती गरेको बताउनुभयो । ‘अहिले खेतमा तोरी राम्रो भएको छ, दुई जातको तोरी लगाएका छौं, उत्पादन राम्रै हुन्छ भन्ने आशा गरेका छौं’ खुशी हुँदै चौधरीले भन्नुभयो ।

घोडाघोडी नगरपालिकामा तोरीखेतीप्रति किसानको आकर्षण बढाउन वडा नम्बर ३ र ७ मा १५–१५ बिघा क्षेत्रफलमा तोरीखेती गर्नेलाई ५० प्रतिशत मल बीउ, औजारमा अनुदान दिएको बताइएको छ ।

घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामीले तोरीले मूल्य पाउनुका साथै गहुँभन्दा छिटो पाक्ने भएकाले तेस्रो खेतीका रुपमा मकै, मुङ खेतीसमेत गर्न पाइने भएकाले किसानको आकर्षण तोरीखेतीमा रहेको बताउनुभयो ।

कैलालीमा आर्थिक वर्ष २०७४–७५ देखि तेलहन जोन परियोजना सञ्चालनमा छ । जोशीपुर, भजनी, जानकी, बर्दगोरिया र घोडाघोडी नगरपालिका तथा गाउँपालिकामा तेलहन जोनका कार्यक्रम लागु भएका छन् । परियोजनाका कैलाली प्रमुख गोविन्द जोशीले गत वर्ष युक्रेन र रुसको युद्धका कारण तोरी र तेलको मूल्य बढेको बताउनुभयो । यस वर्ष किसानको आकर्षण तोरीखेतीमा बढेको हुनसक्ने उहाँले बताउनुभयो । तेलहन जोन कार्यक्रमले तोरीखेती हुने क्षेत्रका किसानलाई बीउ, यान्त्रीकरणलगायतमा सहयोग गर्दैआएको जानकारी दिनुभयो ।

कैलालीमा करिब २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने बताउँदै जोशीले एक हेक्टर क्षेत्रफलमा सातदेखि दश क्विन्टलसम्म तोरी फल्ने उल्लेख गर्नुभयो । तोरी उत्पादनका लागि कैलालीमा खेतीयोग्य जमिन रहेको बताउँदै जोशीले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न तेल उत्पादन मिल सञ्चालनको तयारी भएको बताउनुभयो ।

परियोजना प्रमुख जोशीले भन्नुभयो, ‘मिल सञ्चालनले कैलालीको तोरीको ब्रान्डिङ गर्नेछ भने तेलको आयात घटाउन र स्थानीय उत्पादनले बजार पाउनेछ ।’

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे