चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ । विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि अस्पतालले उपचार सेवा प्रदान गर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहाका प्रमुख डा. बाबुराम लामिछानेले जानकारी दिए ।

‘अधिकांश वन्यजन्तुको उद्धार गरेपछि घाउ र चोटपटकको उपचार गर्ने गरिएको छ’, उनले भने, ‘अहिले पनि एउटा बाघ र एउटा चितुवाको अस्पतालमै राखेर उपचार गरिएको छ ।’ सरकार र विभिन्न सहयोगी दाताबाट अस्पताल सञ्चालन गरिएको जनाउँदै उनले नियमित बजेटको अभाव रहेको बताए ।

अस्पतालबाट हात्तीसारमा रहेका सबै हात्तीको नियमित उपचार गर्ने गरिएको पशु चिकित्सक डा। विजय श्रेष्ठले जानकारी दिए । हात्तीको नियमित नङ काट्नुका साथै नङको अवस्था र घाउ चोटपटकको नियमित उपचार गर्ने गरिएको उनले बताए । ‘अरु समस्याको उपचारका साथै हात्तीलाई थप भिटामिन र मिनरल्स दिइन्छ’, उनले भने, ‘जुका र नाम्लेको औषधि पनि नियमित खुवाउने गरिएको छ ।’

वन्यजन्तु अस्पतालमा रोग पत्ता लगाउने प्रयोगशाला सहित एक्सरे र ‘अल्ट्रासाउण्ड’ मेसिन समेत व्यवस्था छ । ‘वन्यजन्तुको रगत, दूधको जाँच र पिसाब पनि यही जाँच गर्न सकिन्छ, विशेष गरेर साना वन्यजन्तुलाई अस्पतालमै उपचार गर्ने गरिएको छ’, उनले भने । गत वर्ष मात्रै धेरै हात्तीको ‘अल्ट्रासाउण्ड’ गरिएको डा। श्रेष्ठले जानकारी दिए । ठूला घाइते र बिरामी जनावरलाई निकुञ्ज क्षेत्रमै पुगेर उपचार गर्ने गरिएको उनले बताए । अस्पताल स्थापनापछि वन्यजन्तुको रोग पहिचान र उपचारमा सहयोग भएको छ । घाइते वन्यजन्तुलाई एम्बुलेन्स राखेर ल्याउने गरेको गरेको उनले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार पूर्वाधार तयार भए पनि अस्पताल पूर्णरूपमा सञ्चालन ल्याउन सकिएको छैन । कार्यविधि तयार भएको भन्दै उनले यसलाई पूर्णता दिएर छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

अस्पताल सञ्चालनका लागि वन्यजन्तु प्राविधिक र पशुचिकित्ससहित छ कर्मचारी खटाइएको छ ।

 

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !