पर्वतको आर्थरडाँडाखर्कमा रहेका परम्परागत घुमाउने घर संरक्षणको अभावमा खण्डहर बनेका छन् । गुरुङ समुदायको बाहुल्यता रहेको यस गाउँका अधिकांश परिवार सहरतिर बसाइँसराइ गर्दा गाउँका घर खाली भएका हुन् । गाउँमा पनि आजकल आधुनिक घर निर्माण गर्ने क्रम बढेकाले परम्परागत पुराना घरको संरक्षण हुन नसकेको हो ।

पर्या–पर्यटनका लागि आर्थरडाँडाखर्क सम्भावना बोकेको गन्तव्य हो । सदरमुकाम कुश्मा र पोखारदेखि सजिलै पुग्न सकिने भएकाले आन्तरिक पर्यटक गाउँले वातावरणमा रमाउन यहाँका पाहुना घरमा आउने गर्छन् । भत्केको भए पनि पुरानो शैलीका घुमाउने घरले पर्यटकको ध्यान तान्ने गरेको छ ।

“परम्परागत घुमाउने घर लोप हुनु भनेको जातीय, भौगोलिकताको पहिचान र मौलिकता गुमाउनु हो”, पर्वत उद्योग वाणिज्य सङ्घ, पर्वतका सचिव राजन गुरुङले भने । आर्थरको पर्यटनलाई बढवा दिन भन्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा पर्वतले पनि केही दिन अघि खबर शिविर सञ्चालन गरेको थियो ।

“घुमाउने घरले गाउँको संस्कृति, मौलिकता र समुदायको परम्परालाई जीवित राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ”, जिल्ला शाखाका अध्यक्ष सन्तोष थापाले भने ।

कुश्मादेखि सार्वजनिक यातायातमा डेढघण्टाको यात्रा गरेपछि आर्थर पुगिन्छ । यहाँ आउने पर्यटकको बसाइँलाई ध्यानमा राख्दै प्रत्येकजसो घरमा पाहुना घर स्थापना गरिएका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेकोडाँडा पुग्न पनि आर्थर हुँदै जानुपर्छ ।

“कुश्मादेखि नजिकै भएर पनि यस गाउँ टाढिए जस्तो देखिन्छ”, स्थानीयवासी रुपा थापा गुरुङले भने, “गाउँमा रहेको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कलासंस्कृति झल्कने ढुङ्गाका पुराना र घुमाउने घर समेटिने गरी गुरुङ सङ्ग्रहालय बनाइ गाउँकै प्रवद्र्धनमा लाग्नुपर्ने देखिन्छ ।”

ढुङ्गाले छाएको छानो र रातो माटोले बनेका पुरानो घर यस गाउँका विशेषता भएपनि ती घरमा मान्छे बस्न छाडेको वर्षौं भइसकेको छ ।रासस

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे