नवनिर्वाचित सांसदहरूले सपथ ग्रहण गरेसँगै नयाँ सरकार गठनका लागि शीर्ष नेताहरूको दौडधूप पनि बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि यहि पुस १० गतेसम्मको समय दिएकाले सत्ता साझेदार ३ दलबीच छलफल सुरू भएको हो ।

तर प्रधानमन्त्रीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दावी रहेकाले गठबन्धनमै समस्या आएको छ । बिहिबार साँझ कांग्रेस, माओवादी र नेकपा एसका नेताहरूबीच बालुवाटारमा भएको छलफलबिना निष्कर्ष टुङ्गिएको थियो ।

बिहिबार प्रधानमन्त्री एवं नेपाली कांग्रेका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । बैठकमा माओवादी अध्यक्ष दाहालले कांग्रेसले सरकार चलाइसकेकाले अब आफूले पालो पाउनु पर्ने अडान राख्नुभएको थियो ।

कांग्रेसले भने तेस्रो दलललाई कसरी प्रधानमन्त्री दिने भन्ने प्रश्न उठाएको कुरा नमिलेपछि आज शुक्रबार पुनः बस्ने गरी बिहिबारको बैठक टुंगिएको थियो । ३ जना शीर्ष नेताबीच बिहीबार पनि छलफल हुने भएको छ । शुक्रबार प्याकेज डिल गरेर कुरा मिलाउने प्रयास हुने बुझिएको छ ।

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे