सरकारले जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै जाडोमा आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको हो ।

पछिल्लो सयम जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन् ।

त्यसैले मन्त्रालयले सूचना निकाल्दै त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाउन आग्रह गरेको हो ।

हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न मन्त्रालयले आग्रह गरेको छ । सकेसम्म कोइलाजन्य स्रोतबाट आगो नताप्न मन्त्रालयको सुझाव छ ।

आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराख्न, आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउने, हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने, सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने, गिजरको मुख्य मेसिनलाई बाथरूमबाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरूममा नबस्न मन्त्रालयले सुझाव दिएको छ ।

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे