पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ । सुर्खेतमा आज शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।

पत्रकारितालाई स्वच्छ, निस्पक्ष, मर्यादित र विश्वसनियतामा गम्भीर चिन्तन गर्न पनि उहाँले पत्रकारसँग आग्रह गर्नुभयो । अधिवेशनको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।

मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो । राज्यले सबैलाई समान अवसर देओस् भन्ने जनताको चाहना रहेकाले सरकार त्यसतर्फ ध्यान केन्द्रित गर्न आवश्यक रहेको राष्ट्रपति भण्डारीले चर्चा गर्नुभयो ।

‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टि प्रस्तुत भैरहेको छन्’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘हामीले जिम्मेवार बन्नु पर्नेछ । शासनशैली सुधार गर्नुछ । राज्यको चौथो अङ्गको रूपमा रहेको सञ्चार माध्यम पनि उतिकै भूमिकामा रहनुपर्छ ।’ डिजिटल प्रविधिको उच्चतम् प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको उहाँले बताउनुभयो ।

पत्रकारिता लोकतन्त्रको अपरिहार्य पक्ष भएकाले यसले नागरिकको सूचनाको हक प्रत्याभूत गराउन र प्रेस स्वतन्त्रतालाई पूर्ण कार्यान्वयनमा अग्रसर हुनुपर्ने बताउनुभयो ।

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे