Trending
काठमाडौंको सोह्रखुट्टेमा बिहिबार गरिएको विशेष चेकिङका क्रममा अत्यधिक धुवाँ फाल्ने २२ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्।
अत्यधिक धुवाँ फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे गरी २२ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाका अनुसार यातायात व्यवस्था विभाग, वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले आज बिहिबार बिहान सोह्रखुट्टेमा ४० वटा सवारी साधनलाई चेक गर्दा २२ वटा कारवाहीमा परेको हो।
कारबाही गरिएका सवारी साधनलाई आजै वातावरण विभाग पठाइएको छ। सवारी साधन मर्मतपश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने छ।