डेढ वर्षपछि एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच अनौपचारिक छलफल र संवाद भएको छ ।

लामो समयपछि ओली खनाल र प्रचण्डबीच आमने सामने छलफल भएको छ। छलफल लामो नभएपनि एक अर्काको हाल खबर सोध्ने काम भएको स्रोतले बतायो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको सपथ कार्यक्रममा तीन पूर्वप्रधानमन्त्रीबीच छलफल भएको हो ।

तीनै नेता पूर्वप्रधानमन्त्रीको हैसियतमा सपथ कार्यक्रममा सहभागी भएका थिए । ओली, प्रचण्ड र खनाल सँगै तीनवटा कुर्सीमा बसेका थिए । त्यहीबेला उनीहरूबीच संवाद भएको हो ।

एमाले अध्यक्ष ओलीको निजी सचिवालयले सार्वजनिक गरेको तस्बिरमा तीनैजना कुराकानी गरिरहेको देखिन्छ ।

निर्वाचनको परिणामपछि तीनै नेताबीच पहिलोपटक छलफल भएको हो ।

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे