काठमाडौं महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ ।

महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले जानकारी दिए । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस क्षेत्रमा करिब पाँच दर्जन संरचना निर्माण गरेका छन् ।

राजधानीको सभ्यताको स्रोतका रुपमा रहेका नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध संरचना निर्माण गर्दा प्रदूषण बढ्ने गरेको छ । अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि काठमाडौँ उपत्यकाका नदी किनारमा अतिक्रमण भएको सार्वजनिक जग्गा खाली नभएसम्म नदी सफाइमा काम गर्न असहज हुने बताउँदै आएको छ । महानगरपालिकाले यसअघि वाग्मती नदी किनारलगायत अवैध संरचना पनि हटाउन सुरु गरिसकेको छ ।

नक्सापास नभई बनेका अन्य संरचना पनि महानगरपालिकाले हटाएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

 

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे