नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मन्त्री नबन्ने लाइनमा देखिएका छन् ।

पार्टीको संसदीय दलको निर्वाचनपछि संचारकर्मीहरुसग कुरा गर्दै काँग्रेसका महामन्त्रीद्वय थापा र शर्माले सरकारमा नजाने घोषणा गरेका हुन् । कांग्रेसका महामन्त्री थापाले संसदीय दलको चु्नावमा पराजित भइसकेकपछि आफू अब मन्त्री नहुने बताउनुभएको छ।

सभापति शेरबहादुर देउवासँग ३९ मतले पराजित भएपछि महामन्त्री थापाले संसदीय दलको अर्को चुनाव नभएसम्म सरकारमा नजाने घोषणा गर्नुभएको हो। उहाले संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि अब आफू सरकारको कुनै जिम्मेवारीमा नजाने पनि बताउनु भएको छ ।

थापाले आफू संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसकेपछि फेरि सो पदको लागि कोसिस गर्ने बताउनु भएको हो। त्यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि नयाँ सरकारमा आफू मन्त्री नबन्ने बताबताउनु भएको हो । उहाले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएकोले सरकारमा नजाने बताउनु भएको छ ।

शर्माले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सु-संगठित गर्ने धेरै काम आफ्नो जिम्मामा रहेको उल्लेख गर्नुभयो।

 

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे