राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यताको विषयमा परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ ।

बुधबार संवैधनिक इजलासमा प्रारम्भिक सुनुवाइपछि विपक्षी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, लामिछाने, काठमाडौं जिल्ला प्रशासन कार्यालय र संघीय संसद् प्रतिनिधिसभाविरुद्ध कारण देखाऊ आदेश जारी भएको हो ।

रिटमा उनको शपथ रोक्न माग गरिएको थियो । तर, इजलासबाट शपथ रोक्नका लागि अन्तरिम आदेश जारी भएन । योसँगै उनले सांसदको शपथ लिन पाउने भएका छन् ।

चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।

उनको नागरिकता तथा राहदानीका विषयमा प्रश्न उठाइएको छ ।

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !