नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोशाकमा शपथ लिन निर्देशन दिनुभएको छ।

मंगलबार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएकोको सांसद टोपबहादुर रायमाझीले जानकारी दिनुभयो ।

“अध्यक्षज्यूले राष्ट्रिय पोशाकमा शपथ लिनका निम्ति निर्देशन दिनुभएको छ। शपथको भाषा भने मातृभाषा वा नेपाली भाषा भन्ने छ”, रायमाझीले बताउनुभयो ।

संसद सचिवालयले सांसदहरूको शपथ बिहीबार गराउँदैछ। ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार दिउँसो चार बजे शपथ लिँदैछन्।

ज्येष्ठ सदस्यबाट शपथ गराउने प्रावधान अनुसार राणाले बिहीबार अन्य सांसदलाई शपथ गराउने छन्।

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे