नेपाली कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सरकार निर्माण र राष्ट्रपतिबारे बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री र राष्ट्रपतिका विषयमा पार्टीभित्र संस्थागत निर्णय हुनुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) सँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला उहाँले बुधबार यस्ता विषयमा पार्टीले संस्थागत निर्णय गर्नुपर्ने बताउनुभयो ।

कांग्रेस संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।

“सरकारको आलोपालो र राष्ट्रपतिको कुरा गर्दा भएका निर्णयमा यदि समझदारी हुन्छ र त्यो संस्थागत रूपमा भएको छ भने त्यसमा कांग्रेस बाँधिन्छ । तर बन्दकोठामा गरियो भने त्यस्तो निर्णय कांग्रेसले बोक्दैन । त्यसैले पछि धोका भयो भन्न पाइँदैन”, थापाले चेतावनी दिँदै भन्नुभयो ।

बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी हुनुभएको थियो । प्रत्यासी थापाले २५ मत ल्याउनुभएको थियो ।

बुधबार, ६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे