कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार हुने संसदीय दलको नेता चयनको निर्वाचनमा स्पष्ट दुई तिहाई बहुमतमा देखिएका छन् ।

एक बर्ष अघि भएको १४ औं महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिह र विमलेन्द्र निधिको साथ देउवाले पाएका छन् साथै वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ पनि देउवालाई छ ।

पौडेलले देउवालाई संसदीय दलको नेताको प्रस्ताव गरेपछि संसदीय दलको अंकगणितमा देउवा ७६ सांसद सहित दुई तिहाई बहुमतमा देखिएका हुन् । यता कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशांक कोइराला पनि देउवाका साथमा छन् । उहाले मुलुक हाक्न आलाकाचा कुरा गरेर नहुने भन्दै अहिले देउवाको विकल्प नभएको बताउँदै देउवालाई समर्थन गर्नुभएको छ ।

कांग्रेस भित्रका कतिपय शेखर कोइरालासँग निकट रहेका सांसदहरुले पनि देउवालाई मतदान गर्ने बचन दिएका छन् । गत चुनावमा पटक पटक आग्रह गरेर आफ्नो क्षेत्रमा बोलाउँदा पनि नआएको भन्दै सांसदहरु गगन थापासँग चिढिएका छन्।

नेपाली कांग्रेसका सभापति जो हुन्छ उहीनै संसदलीय दलको नेता हुने प्रचलन छ । एक पटक दलको नेता र सभापति फरक व्यक्ति हुदा पार्टी विभाजन समेत भएकाले त्यो खालको द्वन्द्व सृजना नगर्न पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने अधिकांश सांसदहरुको धारणा छ ।

यता सरकारमा सहभागि हुने मन्त्रीहरु पठाउने अधिकार पनि सभापतिलाई भएकाले सांसदहरु दलको चुनावमा दायाँबायाँ गर्ने पक्षमा छैनन् ।

मङ्लबार, ५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे