Trending
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई भेटेका हुन् । नेम्वाङले प्रचण्डलाई भेटेर प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका छन् भने एमालेले राष्ट्रपति पाउनुपर्ने पनि बताउनुभयो ।
दुई शीर्ष नेताहरुबीचको भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो । उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिनुभएको छ ।
उहाले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले (माओवादीको) सरकार बनाउनुपर्ने धारणा राखनु भएको थियो। यद्यपि नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई सहभागी नगराउने प्रस्ताव समेत गर्नु भएको छ ।