Trending
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तावक गर्नु भएको छ भने उपसभापति पूर्णबहादुर खड्काले समर्थन जनाउनु भएको छ ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचनका लागि यसअघि नै महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गरिसक्नु भएको छ।
संसदीय दलको नेताका उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ।
उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कार्यक्रम छ।
उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ रहेको निर्वाचन समितिले जनाएको छ।
कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ मा हुँदैछ ।
मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।