नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस संसदीय दलको नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रस्ताव गर्ने बताउनु भएको छ ।

मंगलवार सिंहदरबारमा संसदीय दलको नेताको मनोनयनका लागि पुग्नु भएका पौडेलले सञ्चारकर्मीसँग उक्त प्रतिक्रिया दिनु भएको हो ।

अहिलेको अवस्थामा देउवालाई सर्वसम्मत संसदीय दलको नेतामा चुन्नुपर्ने पौडेलको भनाई छ। देउवा मनोनयनका लागि सिंहदरबार पुगिसक्नु भएको छ । देउवा दलबलसहित दिउँसो २ बजे सिंहदरबार पुग्नुभएको हो ।

कांग्रेस संसदीय दलमा संस्थापन इतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

८९ सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत भए पुग्छ।

अहिलेको समीकरण हेर्दा देउवा पक्षमा ५२ सांसद रहेका छन् भने शेखर पक्षमा २४ सांसद रहेका छन्।

बाँकी सांसद वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा शशांक कोइराला पक्षमा रहेका छन्।

मङ्लबार, ५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे