Trending
नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
महामन्त्री थापाको प्रस्तावकमा कांग्रेस नेता डा. शेखर कोइराला तथा समर्थकमा पार्टीका उपसभापति समेत रहनुभएका सांसद धनराज गुरुङ र विश्वप्रकाश शर्मा हुनुहुन्छ ।
कांग्रेस संसदीय दलको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनै पर्ने व्यवस्था छ । हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरी ८९ सांसद छन् ।
कांग्रेसका ८९ जना सांसद नै संसदीय दलको नेताको चुनावमा मतदाता हुन् ।