file photo

 

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय दलको प्रस्तावकको रुपमा आफूले हेर्न चाहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आज (मंगलवार) हुने पार्टीको संसदीय दलको नेता चयनको उम्मेदवारीमा पार्टी सभापति देउवालाई प्रश्तावकको रुपमा देख्ने चाहेको बताउनुभएको हो ।

उहाँले देशमा प्रधानमन्त्री भएर देउवाले धेरै राम्रा कामहरु गरेपनि पटकपटक प्रधानमन्त्री बनिरहेको भन्दै राम्रा कामहरुको चर्चा हुन नसकेको बताउनुभयो । उहाँले देउवा प्रधानमन्त्री हुँदा मुक्त कमैया, दलित, महिला, जनजाति लगायतका आयोगहरुको स्थापना हुन सम्भव रहेको बताउनुभयो ।

महामन्त्री शर्माले प्रधानमन्त्री देउवा समक्ष आफ्ना राम्रा कामहरुलाई जनतामाझ चिनाउन अबको संसदीय दलको नेतामा अर्को सदस्यलाई प्रश्तावक बनेर अघि सार्नुपर्ने आवश्यक्ता भएको बताउनु भयो । उहाँले पार्टीको संसदीय नेतामा अर्को सहकर्मीलाई प्रश्तावित गर्नु नै देउवाका लागि सम्मानजनक बहिर्गमन हुने बताउनुभयो ।

महामन्त्री शर्माले अहिले सबै प्रधानमन्त्री र राष्ट्रपतिका लागि लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको स्पष्ट पार्नुभयो । उहाँले देशको अभिभावक बन्न कोही नलागेको आरोपसमेत लगाउनु भयो । उहाँले संसदीय दलको नेताका लागि देउवाले अर्को सहकर्मीलाई कुनै हिच्किचाहट छोड्नेमा आफू विश्वस्त रहेको पनि बताउनु भयो । उहाँले संसदीय दलको नेताको रुपमा आफूले पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रश्तावित गर्नेमा विश्वस्त हुन आग्रह गर्नुभयो ।

महामन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) ले अहिले सत्ताको आकंक्षामा अर्को गठबन्धनको खोजि गर्ने कर्म गरिरहेको भन्दै जनताको मर्मबिरुद्ध जान नहुने बताउनुभयो । उहाँले गठबन्धनले विभिन्न आलोचनाहरुलाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकंक्षा र आग्रह, पूर्वाग्रह भन्दा माथि उठेर जानुपर्ने बताउनु भयो ।

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढंगबाट सरकार चलाउन नसके आम मानिसमा राजनीतिक दलहरुप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो ।

मङ्लबार, ५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे