नेपाली कांग्रेस संसदीय दलको नेतामा एक जना उम्मेदवार खडा गर्न संस्थापन इतर पक्षको बैठक चलिरहेको छ ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाएर एक जना संसदीय दलको नेताको उम्मेदवार तय गर्न इतर पक्षका शीर्ष नेताबीच छलफल भइरहेको हो ।

नेता बलबहादुर केसीका अनुसार संसदीय दलमा कोइराला र थापा मध्ये एक जनाका नाममा सहमति जुटाउन आज बिहानैदेखि छलफल भइरहेको छ ।

अहिलेसम्म सहमति भने भइनसकेको उहाको भनाइ छ । छलफलमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी लगायत सहभागी छन् ।

कांग्रेसले बुधबार बिहान संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएपछि इतर पक्ष कोइराला र थापा मध्ये एक जनाको नाममा सहमति गराउने प्रयासमा रहेका छन ।

मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएपछि इतर पक्ष दबाबमा परेको हो । इतर पक्षका नेताहरू भोलि बिहानसम्म कोइराला र थापालाई मिल्नेमा विश्वास लिएका छन ।

 

सोमवार, ४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !