सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरुको शपथ पुस ७ गते बिहीबार गर्ने भएको छ ।

सचिवालयका सहासचिव डा. भरतराज गौतमले प्रतिनिधिसभाका २७५ सांसदको शपथ पुस ७ गते दिउँसो १ बजे गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

नवनिर्वाचित सांसदहरुले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यबाट शपथ लिनुहुनेछ । त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनुहुनेछ ।
सांसदहरुको शपथ नयाँ बानेश्वस्थित संसद् भवनको प्रतिनिधिसभा बैठक कक्षमा हुनेछ ।

गौतमका अनुसार प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको तीन दिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण मातृभाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ ।

सोमवार, ४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा