Trending
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वातावरण परिवर्तनका कारण बैंकिङ क्षेत्रमा परेको जोखिमलाई पनि पुँजी कोषको माध्यमबाट नै सम्बोधन गर्नु पर्ने बताएका छन । उनले साउद इष्ट एसियन राष्ट्रका गभर्नरहरुको सम्मेलनमा वातावरणीय परिवर्तनको असर बैंकिङ क्षेत्रमा पनि परका बताएका हुन ।
नेशनल बैंक अफ कम्बोडियाले सिम रिपमा आयोजना गरको साउथ इष्ट एसियन सेन्ट्रल बैंक९सीसन० आइएमएफ एसटिआई हाइ लेभल सेमिनार तथा सीसेनको ५८ औं गभर्नर कन्फरेन्स र सीसेनको ४२ औं गभर्नर बैठकमा बोल्दै गभर्नर अधिकारीले वातावरणीय परिवर्तनको जोखिम न्यूनीकरण गर्न बैंकहरूले पुँजीकोषको व्यवसथा गर्नु पर्ने औँल्याएका हुन ।
कार्यक्रममा युरोपियन केन्द्रीय बैंककी अध्यक्ष क्रिष्टिना लेगार्ड, अन्तर्राष्ट्रिय मुद्राकोषका अधिकारीहरू, सदस्य राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरूको सहभागिता रहेको थियो ।उक्त सेमिनारमा कोरोना सङ्क्रमणले विश्व अर्थतन्त्रमा पारेको प्रभाव, विश्वव्यापी आर्थिक मन्दीको संकेत, बढ्दो मुद्रास्फीति र वातावरणीय परिवर्तनले वित्तीय प्रणालीमा पारेको प्रतिकूल प्रभाव लगायतका नीतिगत चुनौतीहरूको बारेमा विज्ञहरूको प्रस्तुति सहित छलफल भएको थियो ।
कार्यक्रममा अध्यक्ष लेगार्डले कोरोना संक्रमण, युक्रेन युद्ध, इन्धनको सीमित श्रोत लगायत पछिल्लो विकसित परिस्थितिबाट विश्वव्यापी रूपमा बढेको मुद्रास्फीति नियन्त्रण गर्नु सबै केन्द्रीय बैंकको लागि चुनौतीको विषय बनको बताए । उनले केन्द्रीय बैंकहरूले वातावरणीय परिवर्तन, महामारी लगायतका क्षेत्रका विशेषज्ञहरूसँग समेत परामर्श गरी नीति तयार गर्नुपर्ने अवस्था देखिएको बताए । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय मुद्राकोषको तर्फबाट पनि विभिन्न विषयहरूमा प्रस्तुतीकरण र राउन्ड टेबल छलफल भएको थियो ।
सीसेनका कार्यकारी निर्देशक मंगोल गोश्वामीले २०२२ मा भएका गतिविधि तथा चालु रणनीतिको कार्यान्वयन अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकमा सन् २०२३ का लागि प्रस्तावित कार्यक्रम, बजेट, लेखापरीक्षकको नियुक्ति लगायतका विषयमा प्रस्ताव समेत स्वीकृत भएका छन् ।
हाल एशिया प्यासिफिक क्षेत्रका १९ वटा केन्द्रीय बैंकहरूको प्रतिनिधित्व रहेको सीसेनमा संस्थापक सदस्यको हैसियतले नेपालका तर्फबाट गभर्नर अधिकारीले सहभागिता भएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट निर्देशक राजन विक्रम थापाको समेत सहभागिता थियो ।