नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निष्कर्ष सकिएको छ ।

समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि धेरै जनाको दावी रहेपछि कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउन नसकेको हो । एक पदाधिकारीका अनुसार अब शनिबार नै बालुवाटारमा बस्ने पार्टीको पदाधिकारी बैठकले सांसद चयन गर्नेछ । शनिबारको बैठक समानुपातिकतर्फको पुरुषका लागि विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायत आआफ्नो क्लस्टरको पहिलो स्थानमा रहेका नेताहरु आकांक्षी छन् ।

समानुपातिक निर्वाचन पद्धतितर्फ कांग्रेसले ३२ सिट पाएको छ । संघीय संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन समानुपातिक पद्धतिबाट २९ जना महिला चयन गर्नुपर्ने बाध्यता कांग्रेसलाई छ ।

तर बैठकमा सहमति जुट्न नसकेको र सभापति शेरबहादुर देउवा अर्को कार्यक्रममा जानुपर्ने भएकाले बैठक स्थगित गरिएको एक पदाधिकारीले बताए ।

कांग्रेसभित्र प्रदेश १, मधेश, बागमती र लुम्बिनीका समानुपातिक सांसद चयन गर्न पनि विवाद भएको छ ।

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे