Trending
माओवादी केन्द्रले समानुपातिकतर्फको सांसदको टुंगो शनिबार लगाउने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा शुक्रबार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्न नसकेपछि शनिबार बस्ने बैठकले टुंगो लगाउने एक नेताले जानकारी दिए ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ ।