पाल्पाको तानसेनदेखि गुल्मीको तम्घास जाने सडकखण्ड अन्तर्गत तानसेन–रिडी सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ ।

यस सडक खण्डको सिरुखर्क, माल्मुल क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द गरिएको हो । पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाइएको छ ।

सडक निर्माणको समयमा बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ ।

सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुङ, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्नेछन् ।

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा