नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई पुरा हुन नसक्ने आश्वासनहरु दिँदा आफैलाई गाह्रो हुने बताउनुभएको छ ।

भक्तपुरबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदहरुलाई आज बधाई दिँदै अध्यक्ष नेपालले हावादारी कुरा गर्दाको परिणाम अहिले आफूहरुले देखि रहेको बताउनुभयो । जनताको आकंक्षा असिमित भएकाले नेताले सम्भव हुने कुरामात्र बोल्नु पर्ने बताउनुभयो । आंकक्षाहरु पुरा गर्न सकिँदैन तर, गर्नेपर्ने आवश्यकताहरु पुरा गर्न कोसिस गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले चुनावमा पराजित भएका नेताहरुलाई निरन्तर जनताको काममा लाग्न पनि आग्रह गर्नुभयो । अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटबाट गुज्रिने अवस्थामा पुगेको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो ।

उहाँले देशको अर्थतन्त्रलाई कसरी सुधार्ने भनेर समीक्षा गर्न जरुरी भएको पनि बताउनुभयो । डलरको भाउँ बढ्दै जादा नेपालमा आर्थिक समस्या पर्दे गएको र जनशक्तिको भर पर्दो स्रोत अहिले पनि आर्थिक रुपले सम्पन्न खाडी र युरोपेली मुलुक भएको बताउनुभयो ।

नेपालको अर्थतन्त्र कमजोर भएकाले नेपालमा बस्ने स्थिति नभएको र त्यसको लागि बाहिर जानै पर्ने बाध्यता बनेको बताउनुभयो । नेपालले अझै केहि बर्ष सम्म नेपालको अवस्था यसरी नै गुज्री रहने पनि बताउनुभयो ।

नेपालले अर्थतन्त्रको बिकासकालागि सबै राजनीतिक दलले समिक्षा गर्नु पर्ने पनि बताउनुभयो ।

 

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे