Trending
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय दाङ सरेपछि देउखुरीमा चहलपहल बढ्न थालेको छ ।
स्थानीयहरू स्वतस्फूर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाइमा सक्रिय भएका छन् । मुख्यमन्त्रीको कार्यालय सरेसँगै सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति रहेको छ भने सवारी साधनको आवागमन बाक्लीएको छ । दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले यस क्षेत्रलाई प्रदेशको राजधानी तोकेको थियो ।
यसअघि ३० वर्षदेखि प्राविधिक शिक्षालय अध्यापन भइरहेकोमा अहिले शिक्षालयलाई १४ किलोमिटर दक्षिण राप्ती पारी गढवा गाउँपालिकामा स्थानान्तरण गरिएको छ । शिक्षालय भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय व्यवस्थापनको काम भइरहेको प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारूले जानकारी दिनुभयो । यहाँ साना र ठूला गरि २४ वटा भवन छन् ।
प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेशसभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।