जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, एतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् । पर्यटकीय सम्भावना र स्रोतका दृष्टिले पनि जिल्ला आठ पालिकामध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठूलो ताल९गिडिदह० देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् ।

जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । जुम्लाका पातारासी हिमाल, छुमचौर ज्युलो, चन्दनाथ मन्दिर, गुम्बा गुठिचौर पाटन, गिदिदहलगायत सयौ पर्यटकीय गन्तव्यमध्ये एक आकर्षक पर्यटन गन्तव्य हो तातोपानी धारा । यही तातोपानी धाराकै कारण हिजो गाविसदेखि अहिले गाउँपालिकाको नाम तातोपानी रहन गएको छ । यो क्षेत्र तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा अवस्थित छ ।

कर्णाली राजमार्गको यात्रा गरी रजमार्गबाट २ मिनेट ओरालो झर्दा भेटिन्छ । माइनस तापक्रममा बग्ने तिला नदीको छेउमा अवस्थित तातोपानी धारा बाह्रै महिना तातोपानी बग्छ, अझ हिउँदको समयका लागि निकै उपयुक्त मानिने उक्त तातोपानीमा दैनिक ४ सयदेखि ५ सयसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । मंसिरदेखि माघसम्मको तीन महिनालाई सिजनका रूपमा लिने गरिन्छ । आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको तातोपानी प्रचार प्रसारको कमी, पूर्वाधार र व्यवस्थापनको अभावले पालिकाले अपेक्षित लाभ लिन सकेको छैन्।

बारुद गन्हाए जस्तो गन्ध आउने उक्त पानीमा नहुँदा हाडजोर्नी, बाथ रोग, नसा रोग, ग्याष्ट्रिक, पेट दुख्नेलगायतका रोगको निवारण हुने विश्वासले पनि तातोपानी धारामा पर्यटकको घुइँचो लाग्ने गरेको गरिन्छ । तर पूर्वाधार अभाव, प्रचारको कमीले भने तातोपानी अझै गुमनाम जस्तै देखिन्छ । पालिका समृद्धिको आधार मानिने तातोपानीमा पर्यटकको आगमन वृद्धि गर्न गुरुयोजनाका माध्यमबाट बाह्य र आन्तरिक लगानी भित्रयाउन आवश्यक छ ।

पर्यटन प्रवर्द्धन गर्न धारामै महासंघको साधारणसभा

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९औं वार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन ७ बुदेँ घोषणापत्र जारी गर्दै तातोपानी धारामा सम्पन्न भएको छ । महासंघ स्थापनाको एतिहासमा पहिलो पटक सदरमुकामभन्दा बाहिर गएर तातोपानी–२ स्थित पर्यटकीय क्षेत्र तातोपानी धारामा साधारणसभा भएको हो ।

तातोपानीको पर्यटन प्रर्वद्धन, पर्यटकको आगमनमा वृद्धि, प्रचार प्रसारमा जोड दिन र समृद्ध पालिका बनाउने उद्देश्यले तातोपानी धारामा महासंघ साधारणसभा गरिएको पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनले भने, “गुमनाम गिडिदहको प्रचारमा जुम्ली मिडियाले उल्लेखनीय भूमिका खेल्यो । अब तातोपानीको पर्यटन प्रवद्र्धनमा मिडियाले उजागर गर्ने छ । साधारणसभाले पर्यटन प्रवद्र्धनमा कोशेढुंगा सावित हुने विश्वास छ ।”

आर्थिक समृद्धिको प्रचुर सम्भावना बोकेको तातोपानीको विकासमा राज्यको ध्यान केन्द्रित गर्न तथा पर्यटक वृद्धि गर्नेमा आशा पलाएको स्थानीय धनबहादुर बुढाले बताए । संघ प्रदेशबाट उपेक्षा रहेको तातोपानीका सम्भावनाले अब अवसर पाउने र लगानी जुट्ने उनको विश्वास छ । तातोपानी समृद्धिको मार्ग भनेकै पर्यटन हो । तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भने, “गिडिदह र तातोपानीमा पूर्वाधार निर्माण, प्रचारप्रसार गरी पर्यटक भित्र्याउने सकिने सम्भावना छ । पर्यटन प्रवर्द्धनका लागि संघ प्रदेशबाट लगानी जुटाउन पहल भइरहेको छ ।”

विकास निर्माण तथा अन्य जनहितका काममा महासंघसँग समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाइनेसमेत अध्यक्ष चौलागाईंले उल्लेख गरे । गत असोजमा गरिएको गिडिदह सम्मेलनबाट गिडिदहको प्रचार प्रशारमा मिडियाले खेलेको अप्रत्यासी भूमिकाको प्रशंसा गर्दै अब तातोपानीलाई राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा उजागर गर्न कलम चल्ने विश्वास व्यक्त गरे ।

शुक्रबार, २३ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे