आन्तरिक पर्यटकको गन्तव्यको रूपमा रहेको ज्यामिरे दहमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । घोराही उपमहानगरपालिका –१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढ्दैगएको हो । सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई ठूलो बनाएपछि हरेक दिन आन्तरिक पर्यटक त्यहाँ पुग्नेगरेका छन् ।

अन्य दिनभन्दा बिदाको दिन बढी आन्तरिक पर्यटक त्यहाँ आउनेगरेको ज्यामिरे दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका बिरजङ पुनले बताउनुभयो । जंगल बीचमा रहेको सुन्दर पर्यटकीय गन्तव्यका रुपमा रहेको तालमा जिल्ला र बाहिरबाट घुम्न आन्तरिक पर्यटकहरु आउनेगरेको पुनले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय दैनिक सरदर ५० देखि एक सय जनासम्म मानिसहरु घुम्न आउनेगरेको छन् ।

मंसिरदेखि बैशाख महिनासम्म बढी भिड हुनेगरेको उहाँको भनाइ छ । विगत तीन बर्षदेखि ज्यामिरे दहमा डुङ्गा चलाउँदै आउनुभएका पुनले डुंगा चलाएरै मासिक १५ देखि २० हजार रुपियाँसम्म आम्दानी हुने गरेको बताउनुभयो ।

सानो पोखरीका रुपमा रहेको ज्यामिरे दहलाई विस्तार गरी पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दै डुङ्गा सञ्चालन हुँदा चहलपहल बढ्दैगएको डुंगाचालक पुनको भनाइ छ । ‘पहिले सानो पोखरीका रुपमा रहेको थियो । तर पछि विस्तार गरी ठूलो बनाएर डुंगा सञ्चालन गरेपछि चहलपह बढ्दै गएको छ’ उहाँले भन्नुभयो, ‘पछिल्लो समय दहको अवलोकनसँगै डुंगामा सयर गर्न मानिसहरु आउने गर्नुभएको छ ।’ उहाँका अनुसार पछिल्लो समय डुङ्गा सवार गर्ने, पौडी खेल्ने र पिकनिक खान दैनिक रूपमा मानिस आउने गर्नुभएको छ ।

डुंगामा चढ्न एक जनाको ५० रूपियाँ टिकटको व्यवस्था गरिएको छ । डुङ्गामा घुम्नका लागि १५ मिनेटदेखि ४० मिनेटसम्म समय लाग्नेगरेको चालक पुनले बताउनुभयो । दहमा आकर्षण बनाउन थप पूर्वाधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘सानो पोखरीलाई विस्तारसँगै डुंगा राखेर पर्यटक तान्ने काम भएको छ’ उहाँले भन्नुभयो, ‘यसले ज्यामिरे दहमा चहलपहल बढेको छ । थप चहलपहलका लागि बाख्रकुने दहदेखि ज्यामिरेसम्म पुग्न निर्माणाधिन अवस्थामा रहेको सिढीसँगै रेलिङको काम पूरा गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

ज्यामिरे दह पर्यटकीय क्षेत्रको रूपमा विकास भएसँगै व्यापार हुन थालेको छ । घोराही उपमहानगरपालिका १३ कलमघारी निवासी गीता नेपालीले चार वर्षदेखि ज्यामिरे दह नजिकै व्यापार गर्दै आउनुभएको छ । ज्यामिरे दहलाई पर्यटकीय रुपमा विकास गरेपछि व्यापार व्यवसाय समेत वृद्धि भएको उहाँको भनाइ छ ।

‘सानो पोखरीका रुपमा रहेको दहलाई विस्तारसँगै व्यवस्थित गरेपछि चहलपहल बढेको छ । व्यापार पनि राम्रो भएको छ’ व्यवसायी नेपालीले भन्नुभयो, ‘अब पोखरीसँगै ज्यामिरेमा रहेको सानो मन्दिरलाई समेत व्यवस्थित गर्न आवश्यक छ । घुम्न आउनेका लागि आराम गर्ने विश्रामस्थल निर्माण गर्न आवश्यक छ ।’

दहको विकासका लागि विश्रामस्थलसँगै खानेपानी, हिड्नलाई सहजताका लागि सिंढी निर्माण लगायतका काम हुन आवश्यक रहेको अर्का स्थानीयबासी टीकाराम गिरीले बताउनुभयो । प्रतिक्षालय नहुँदा घाम तथा पानी पर्दा घमफिरका लागि गएका मानिसलाई समस्या हुनेगरेको छ ।

शुक्रबार, २३ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा