Trending
नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक तत्काललाई स्थगित भएको जानकारी दिनुभयो । एमालेले आजको बैठकमा समानुपातिक सांसद छनोट लगायत निर्वाच्नको समीक्षालगायतका विषयमा छलफल गर्ने जनाएको थियो । निर्वाचन आयोगले बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो ।
एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।