file photo

काठमाडौँका विकाश महर्जन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाइडिङ देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपालि भने प्याराग्लाइडिङ तान्यो । “ऐतिहासिक तानसेन बजारलाई आकाशबाट हेर्दाको मजा नै बेग्लै हुँदो रैछ”, उहाँ भन्नुहुन्छ, “चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाइडिङ राम्रो माध्यम बनेछ ।”

ढाका र करुवाले परिचय बनाएको पाल्पाको पहिचानमा अहिले साहसिक पर्यटनले पनि विस्तार गरेको छ । यहाँ सञ्चालित साहसिक जल यात्रा (र्याप्टिङ), प्याराग्लाइडिङ र जीपलाईनले पर्यटकलाई आकर्षित मात्र गरेको छैन, जिल्लाको पर्यटन प्रवर्द्धनमा थप टेवासमेत पुर्‍याएको छ ।

पहिलो पटक रानीमहल घुम्न आउनुभएका नेपालगन्जका सुदीप पौडेलले कालीगण्डकी नदीमा ¥र्यापटिङ को आनन्द लिनुभयो । “पहिला त निकै डर लागेको थियो, पछि ¥याफ्टिङ गर्दा आनन्द महसुस भयो”,’ उहाँ भन्नुहुन्छ, ‘प्रकृतिसँग रमाउँदै पानीमा डुबुल्की मार्न कालीगण्डकी राम्रो गन्तव्य रहेछ ।

”तानसेन नगरपालिकाबाट १३ किलोमिटर उत्तरतर्फ रहेको रानीमहल ढुङ्गे चट्टानमा अवस्थित छ । यसको आडमा बगेको कालीगण्डकी नदीमा साहसिक जल यात्रा सुरु गरिएपछि पर्यटकको आकर्षण बढेको हो । पर्यटनसँग सम्बन्धित काम गर्ने संस्था गेट अप पाल्पाका अनुसार यहाँ दैनिक पाँचसयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्दछन् ।

यहाँका ऐतिहासिक तानसेन बजार, रानीमहल, भैरव मन्दिर, ऋषिकेशवलगायत स्थान मुख्य गन्तव्य हुन् । रानीमहलमा मात्रै दैनिक दुईसय भन्दाबढी आन्तरिक तथा बाह्य पर्यटक भ्रमण गर्दछन् भने दैनिक १५ देखी २० जनाले साहसिक जलयात्रा गर्दछन् ।

स्याङ्जाको बिर्घाकी १६ वर्षीया नितिसा पाण्डेले चार पटक रानीमहल भ्रमण गरेपनी साहसिक जलयात्रा भने गर्नुभएको थिएन । उहाँ भन्नुहुन्छ, “मेरो घर नजिकै भएर पनि यहाँ र्याप्टिङ  सुविधा छ, भन्ने थाहा थिएन ।” चौथो पटक रानीमहल आउँदा अन्य साथीले जलयात्रा गरेको देखेर आफूले पनि जलयात्रा गर्न साहस गरेको उहाँ बताउनुहुन्छ ।

तानसेनको बतासे डाँडाबाट प्रभास तालछेउसम्म प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । एक पाइलट र एक यात्रु राखेर तानसेन बजार, श्रीनगरलगायत मनोरमस्थलका दृश्यावलोकन गराउने गरिएको तानसेन स्वकाईका सञ्चालक रुपम कक्षपतीले जानकारी दिनुभयो ।

यात्रुहरूको रोजाइअनुसार २० देखी ४५ मिनेटसम्म आकाशमा उडाउने गरिएको उहाँको भनाइ थियो । प्याराग्लाइडिङबाट सुन्दर फाँट र उत्तरी क्षेत्रका हिमशृङ्खलासमेत हेर्न सकिन्छ । प्याराग्लाइडिङका लागि असोज, कात्तिक, मङ्सिर, वैशाख र जेठ महिना उपयुक्त समय हो । पोखरा, स्याङ्जा, धरान, ललितपुर, काठमाडौँ लगायत क्षेत्रमा प्याराग्लाइडिङ हुँदै आएको छ । सामान्यतया एक हजार मिटर माथिसम्म प्याराग्लाइडिङ उडान हुने गर्दछ ।

तानसेन बजारसँगै जोडिएको रिब्दीकोट गाउँपालिका–४स्थित भैरवस्थानमा रहेको भैरव मन्दिरको आडैबाट सञ्चालित जीपलाईन यहाँ आउने पर्यटकहरूको अर्को गन्तव्य बनेको छ । पाँच सय मिटर दूरीको जीपलाईनमा डोरीमा झुण्डिदै साइक्लिङ गर्न दैनिक १५ देखी २० जना पुग्ने गरेको त्यसका सञ्चालक देव पचभैया बताउनुहुन्छ ।

उक्त जीपलाईन पाल्पा दर्शन प्रा।लि।ले सञ्चालनमा ल्याएको हो । दक्षिण एसियाकै ठूलो त्रिशुलबाट परिचय बनाएको भैरव मन्दिरको दर्शनसँगै जीपलाईनको आनन्द लिन पर्यटकहरू आउने गरेका छन् ।

नेपालको भूगोलअनुसार पदयात्रा, पर्वतारोहण, कठिन ट्र्याकमा साइक्लिङ रेस, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, रक क्लाइम्बिङ, हाइरोप्स, जिपफ्लायर्स, जङ्गल सफारी, स्काई ड्राइभिङ र स्किइडलगायतलाई साहसिक खेल मान्ने गरिएको छ । नेपाल सरकारले १९५३ मा सगरमाथा हिमाल आरोहणका लागि खुलागरेसँगै नेपालमा साहसिक पर्यटन सुरु भएको पाइन्छ ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे