Trending
राजश्वले खर्च धान्नै नसक्ने अवस्था आएपछि सरकारले आठ महिनादेखि विलाशी वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ ।
आगामी पुसदेखि लागू हुने गरी सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको हो । मन्त्रिपरिषद वैठकले यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।
ती मध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बााकी ४ प्रकारका बस्तुहरुमाथि प्रतिबन्ध कायम राखेको थियो । सबै प्रकारका चार पांग्रे सवारी साधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयातमा प्रतिबन्ध रहेकोमा सरकारले त्यो पनि फुकुवा गरेको हो । आयातमा प्रतिबन्ध लगाउँदा पछिल्ला महिनाहरुमा राजश्व संकलन निरन्तर घट्दै गएको छ ।
जसका कारण राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको छ ।