सरकारले महाकाली नदी अतिक्रमण र दार्चुदलामिा नेपाली नागरिकमाथि ज्यादती गरेको भन्दै भारतलाई कूटनीतिक नोट पठाएको छ ।

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ । उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो । मंगलबार भारतीय दूतावासमार्फत सो कूटनीतिक नोट नयाँदिल्लीस्थित विदेश मन्त्रालयलाई पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कूटनीतिक नोटमा नेपालले भारतलाई तीनवटा कुरामा ध्यान दिएर मात्रै सीमाक्षेत्रमा गतिविधि गर्न सचेत गराएको छ । जसमध्ये दुवै देशको सीमानदी महाकाली जारी एकपक्षीय तटबन्ध निर्माण रोक्न भनिएको छ । त्यसैगरी सीमाक्षेत्रमा यस्ता खालका निर्माण गर्दा पहिले नेपालसँग सहमति लिन र सल्लाह गर्न पनि कूटनीतिक नोटमार्फत भनिएको छ ।

तेस्रो बुँदामा सीमाक्षेत्रको शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना हुन नदिन भारतीय पक्ष सचेत हुनुपर्ने कुरा पनि नेपालले उठाएको छ । यसअघि सोमबार गृहमन्त्रालयले दार्चुलाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादतीबारेको स्थलतगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दिएको थियो । सोही प्रतिवेदनका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट लेखेको हो ।

दार्चुलामा तटबन्ध निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षबाट निरन्तर ज्यादती भइरहेको छ । दुई दिनअघि मात्रै तटबन्धन निर्माणको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो । त्यसक्रममा बालकसहित केही नेपाली घाइते भएका थिए ।

नेपालीले विरोध गरेपछि भारतले महाकालीमाथिको सीमापुल पनि एकपक्षीय रुपमा बन्द गरिदिएको थियो ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा