प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर–२ का निर्वाचित उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।

अध्यक्ष दाहालले निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकामा दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । सो क्षेत्रको मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रलाई आधार मान्दै प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे