सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धन भित्रैबाट सरकार बन्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कार्कीलाई बधाई तथा शुभकामना दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा  आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धनलाई नै जनताले स्वीकृति दिइसकेको बताउनुभयो । उहाँले अब बन्ने गठबन्धन सरकारले दश वर्षभित्रमा दक्षिण एसियाको सम्पन्न मुलुकका नेपाललाई स्थापित गर्ने बताउनुभयो ।

उहाँले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै जनअपेक्षा अनुसार काम गर्नु सबैको दायित्व भएको स्पष्ट पार्नुभयो । उहाँले आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवाद दिँदै आफूले गरेका प्रतिबद्धता पूरा गर्न आजैबाट लाग्ने बताउनुभयो ।

मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको थियो ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे