नेपाल बार एसोसिएसनले संघीय संसद्का महासचिवले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनु असंवैधानिक भएको बताएको छ ।

संसद्का महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा आजै सर्वोच्च अदालतमा हाजिर हुने तयारीमा रहेको बताइएको छ । महाअभियोग निष्क्रिय भएको पत्र दिएको खबरसँगै नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । बारका महासचिव अञ्जिता खनालका अनुसार तत्काल बैठक बसेर निर्णय लिइनेछ ।

बारका उपाध्यक्ष हर्क रावलले महाअभियोग प्रस्ताव संसद्मा कायम रहेको अवस्थामा संसद्का महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिनु गैरकानूनी भएको बताउनुभयो ।

महासचिव खनालले प्रतिनिधिसभाको एउटा कार्यकाल सएिपछि अर्को प्रतिनिधिसभाले महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्याउनुपर्नेमा निष्क्रिय भएको पत्र दिनु असंवैधानिक र गैरकानूनी भएको बताउनुभयो । उहाँले एउटा चिठीका भरमा महाअभियोग प्रस्ताव खारेज गर्न नमिल्ने जिकिर गर्नुभयो ।

एसोसिएसनले पत्रसहित सर्वोच्चमा चोलेन्द्रशम्शेर आएमा प्रतिरोध गर्ने तयारी गरेको पनि बताउनुभयो ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे