प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ ।

संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिनुभएको हो । जबराले संसद सचिवालयमा निवेदन दिनुभएको थियो । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले नियमित हाजिर हुन पत्राचार गर्नुभएको हो । पुरानो संसदको कार्यकाल सकिएर संसदमा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र पठाएउनुभएको हो ।

यससँगै जबराको निलम्बन हटेको छ । निलम्बन हटेसँगै  नियमित काममा आज (बुधबार ) सर्वोच्च अदालत फर्किने बताउनुभयो । यही मंसिर २७ गते उमेर हदका कारण अनिवार्य अवकास पाउनुअघि जबरा प्रधानन्यायाधीशकै हैसियतमा काममा फर्कन लाग्नुभएको हो ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।

महाभियोगमा माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक थिए ।  महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा पर्नुभएको थियो । सर्वोच्च अदालतमा विचौलियाको रजगज चलाएकोसहितका आरोप लगाएर जबराविरुद्ध संसद्मा महाभियोग दर्ता गरिएको थियो । तर, जबराले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको दावी गर्दै आउनुभएको छ ।

नेपाल बारले राजीनामा माग गरेपछि जबराले महाभियोगको सामना गर्ने बताउनुभएको थियो ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा