नेत्रविक्रम चन्द ‘विप्लवु ‘ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना पार्टीका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गरेर तत्काल जेलबाट रिहाई गर्न सरकार समक्ष माग राखेको छ ।

मङ्गलबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सो माग राख्नुभएको हो । मुलुक निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको चरणमा प्रवेश गरिरहेका बेला नेकपाले भने यही सरकारले आफूहरुको माग सम्बोधन गर्नुपर्ने जिकिर गरेको छ ।

वर्तमान सरकारले कानुनी जटिलता पनि हल गरेर नेकपाका नेता, कार्यकर्तामाथि लगाइएको मुद्दा खारेज गर्ने र जेलबाट रिहाई गर्ने निर्णय मन्त्रिपरिषदबाट गरिसकेकाले त्यसलाई छिटो कार्यान्वयन गर्न सरकार सक्षम माग राखेको नेकपाका प्रवक्ता प्रकाण्डले बताउनुभयो । ‘‘सरकार र हामीबीच भएको सहमति छिटोभन्दा छिटो परिणाममा उर्तानुस् र जनतालाई जवाफ दिनुहोस् भनेर हामीले भनेका छौं ।

सरकार यो विषयमा इमान्दार छ भन्ने हाम्रो विश्वास छ । यसलाई पूरा गर्ने सन्दर्भमा फेरि पनि हामी लाग्छौं र लागिरहेका छौं भन्ने सरकारको जवाफ छ,’’ गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै नेकपाका प्रवक्ता प्रकाण्डले भन्नुभयो, ‘‘उहाँहरुले यो विषयमा पनि धेरै अभ्यास गर्नुभएको छ । आजको वार्ता सकारात्मक छ ।’’ यता, गृहमन्त्री खाणले पनि सो समस्या समाधान गर्न सरकार इमान्दार र प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

प्रवक्ता प्रकाण्डले  ‘‘मन्त्रिपरिषदको बैठकमा नेपाल कम्युनिष्ट पार्टीका नेकपा नेता तथा कार्यकर्तामाथि लगाइएको कतिपय मुद्दा अहिलेको कानुनसँग बाझिने हुनाले त्यसलाई समाधान गर्नका लागि कानुनी रिक्तता हुनाले यो समस्यालाई समाधान गर्ने भनेर सरकारबीच सहमति भएको  उहाको भनाइ थियो।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गरेर नेकपा शान्ति प्रक्रियामा आएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको भन्दै सो पार्टीले असन्तुष्टि जनाउँदै आएको छ ।

मङ्लबार, २० मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा