Trending
प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताउनुभएको छ ।
मङ्गलबार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, प्रदीप पौडेललगायतका नेताहरुको मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । उहाँले मेलम्ची खानेपानी काठमाडौंका लागि महत्त्वपूर्ण भएकाले सबै मिलेर मेलम्चीको पानी कसरी १२ महिना नै काठमाडौंमा ल्याउने भन्नेबारेमा सोच्न आवश्यक रहेको बताउनुभयो ।
पूर्व प्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराईले मेलम्चीबाट पानी ल्याएर सहर सफा गर्ने प्रण गरेपनि अहिले आएर उहाँको सपना पूरा भएकोप्रति खुसी व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी विकास समिति खारेज गरिएकोबारे कारण पत्ता लगाउन आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले मन्त्रिपरिषद्को बैठकमा मुख्यसचिवसहितका विज्ञ टोलीहरू राखेर मेलम्चीको पानीलाई थप व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।