ओखलढुंगाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुंगाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ ।

ओखलढुंगा जिल्लाभरिमै विद्युत प्रसारण लाइन विस्तार गर्न आज विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर जिल्लाको वस्तुगत अवस्थाबारेमा जानकारी गराउनु भएको छ । चुनावी अभियानमा उहाँहरूले उज्यालो ओखलढुंगाको नारा दिनुभएको थियो ।

नवनिर्वाचित सांसद एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले ओखलढुंगामा ७५ वटा वडामध्ये नगरपालिकाकै केही वडामा अझै विद्युत पुराउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘ओखलढुंगाको खिजिदेम्बा गाउँपलिकामा त अझै केन्द्रीय विद्युत लाइन नै पुगेको छैन, समग्रमा सबै गाउँ पालिकाको केन्द्रमा विद्धुत पुगे पनि धेरै गाउँमा बाँकी छ । तपाईंको नेतृत्वमा एक वर्षभित्र सबै वडामा विद्युतीकरण गरिदिन आग्रह गर्दछु ।’’

भेटमा कार्यकारी प्रमुख घिसिङले एक अर्ब रुपियाँ बोलपत्र आह्वान भइसकेको र ओखलढुंगामा छिटोभन्दा छिटो बत्ती पुराउने प्रतिबद्धता जनाउनु भएको छ ।

सोमवार, १९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा