प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको सबै परिणाम आएको छ ।

दोलखाको मत परिणाम आएसँगै प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रको नतिजा सार्वजनिक भएको हो । अन्तिममा नतिजा सार्वजनिक भएको दोलखमा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनु भएको छ । कडा प्रतिस्पर्धाबीच कार्कीले नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्नुभएको हो ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गर्नुभएको छ । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ भने प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभातर्फ ५७ सिट जितेर कांग्रेस पहिलो दल बनेको छ भने एमाले ४४ सिट जित्दै दोस्रो दल बनेको छ । यसैगरी नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपा ७, जसपा ७, लोसपा ४, नागरिक उन्मुक्ति पार्टी १, जनमोर्चा १, नेमकिपा १, जनमत १ र स्वतन्त्र ५ जना सांसद निर्वाचित भएका छन् । प्रत्यक्षतर्फबाट संसद्मा १२ दलको प्रतिनिधित्व हुनेभए पनि थ्रेसहोल्डका कारण ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने देखिएको छ ।

सोमवार, १९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा