प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मोत्सवको अवसर पारेर आयोजित भागवत महापुराण यज्ञमा सहभागी हुनु भएको छ ।

सोमबार ललितपुरको बाँडेगाउँस्थित सन्तनेता स्वर्गीय भट्टराईको निवासमा आयोजित सो महायज्ञमा प्रधानमन्त्री देउवा सहभागी हुनु भएको हो । त्यस अवसरमा उहाँले महायज्ञमा पूजापाठ गरी प्रसाद ग्रहण गर्नु भएको थियो भने सन्त नेता भट्टराईको सालिकमा माल्यार्पण समेत गर्नु भएको थियो ।

 

महायज्ञमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, पूर्वमन्त्री शरदसिंह भण्डारीलगायतका नेताहरूको उपस्थिति रहेको थियो । कांग्रेसका संस्थापक नेता, पूर्वप्रधानमन्त्री एवम् नेपालको पहिलो सभामुख भट्टराईलाई नेपाली राजनीतिका सादा जीवन र उच्च विचारको नेताको रूपमा लिइन्छ । उहाँको राजनीतिसँगै आध्यात्मिक क्षेत्रमा पनि विशेष रुचि रहेको थियो ।

 

सोमवार, १९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे