नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ स्याङ्जा जिल्लाको क्षेत्र नं -२ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनुभएको छ ।

नेता गुरुङले ५ हजार ६२७ मतान्तरसहित विजयी हुनुभएको जानकारी निर्वाचन अधिकृत रामचन्द्र शर्मालेले दिनु भयो ।

अन्तिम नतिजा अनुसार कांग्रेसका गुरुङले ३१ हजार ४६६ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकतम प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार पद्मा अर्यालले २५ हजार ८२९ मत ल्याउनुभएको छ । उहाँ पूर्वमन्त्री एवम् सोही क्षेत्रबाट यसअघि निर्वाचित हुनु भएको थियो ।

गुरुङ नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापति पदमा निर्वाचित हुनुभएको हो । उहाँ संविधान सभा सदस्य पनि हुनुहुन्छ । वि।सं। २०३६ बाट राजनीतिमा प्रवेश गरेका गुरुङ २०५३ मा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति हुनुभयो । २०५४ सालमा तरुण दलका महामन्त्री र त्यसपछि कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य भएका गुरुङ राजनीतिक सङ्घर्ष क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आउनुभएका नेता हुनुहुन्छ ।

आइतवार, १८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा