दोलखाका ४ वटा मतदानस्थलका १० मतदान केन्द्रमा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । सुरक्षा चुनौती रहेका प्रदेश १ ९१० को बैत्यश्वर गाउँपालिका–६, ३ र २ नं। वडाको ८ वटा मतदान केन्द्र र तामाकोसी गाउँपालिका–२ जफेको हेल्थपोस्ट मतदानस्थलका २ वटा केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको हो ।

 

निर्वाचन र मतदातालाई सुरक्षित मतदान गर्न प्रहरी टोल(टोलमै खटिएका थिए । यी मतदानस्थलमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले जानकारी दिए । ८ हजार ५सय १४ मतदाता रहेको यी मतदानस्थलमा ४ हजार २ सय ५७ मत खसेको छ ।

 

अतिसंवेदशील रहेका ४ वटै मतदानस्थलमा सुरक्षा अवस्था कडा परिएको थियो । मतदानस्थल र मतदाताको सुरक्षाका लागि जनपद, सशस्त्र र नेपाली सेनाका १४ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक गंगाप्रसाद पौडेलले बताए ।

मतदान गर्नेमा पुरुषभन्दा महिलाको सहभागिता उत्साहजनक उपस्थिति देखिएको थियो । मंसिर ४ गतेको निर्वाचनका क्रममा यी मतदान केन्द्रमा ९० प्रतिशतभन्दा बढी मत खसेको थियो । उक्त मत फर्जी खसेको र मतपेटिका फुटेको लगायत विषयमा नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगले छानबिन गरेर आज पुनस् मतदान गराएको हो । मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठक बसेर बिहीबारबाटै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहिबार, १५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा