सल्यान‚ जुम्ला — एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा यही मंसिर ४ गतेको निर्वाचनमा ७ प्रतिशतभन्दा बढी मत बदर भएको छ । निर्वाचन कार्यालयका अनुसार प्रत्यक्षतर्फ सात र समानुपातिकमा ८ प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा प्रभावकारी बनाउन नसक्दा मतदातामा भएको अन्योलताका कारण प्रत्यक्ष र समानुपातिकमा धेरै मत बदर भएको हो । कुल खसेको मतअनुसार प्रत्यक्षमा ११ हजार ६ सय १५ र समानुपातिकमा १२ हजार ४ सय ४६ मत बदर भएको मुख्य निर्वाचन कार्यालय सल्यानले जनाएको छ । मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि खसेको कुल मत ७६ हजार ३ सय ५ मा ७ हजार ३ सय ५९ , प्रदेशसभाअन्तर्गत सल्यान १ मा खसेको ४१ हजार १ सय ७६ मतमा २ हजार ३ सय ४८ र २ मा ४१ हजार ९ सय ६७ मत खसेकोमा १ हजार ८ सय ९८ मत बदर भएका छन ।

समानुपातिकमा प्रतिनिधिसभाका लागि ८४ हजार ७ सय ८९ मत खसेकोमा ६ हजार २ सय १५ र प्रदेशसभामा ८२ हजार ९ सय ९८ मत खसेकोमा ६ हजार २ सय ३१ मत बदर भएको छ । मतदाता शिक्षा प्रभावकारी बनाउन सरोकारवाला सबैको जिम्मेवारी रहे पनि प्रभावकारी नभएकै कारण खसेको मत बढी बदर भएको निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले बताए । प्रत्यक्षमा थोरै चिह्न र समानुपातिकमा धेरै चिह्न भएकाले मतदाता अलमलमा परेका कारण समानुपातिकमा बढी मत बदर भएको उनको भनाइ छ । उनका अनुसार एकै मतदाताले एक चिह्नमा मात्र नभई धेरैमा छाप लगाएको पाइएको छ । निर्वाचनमा कार्यालयले स्वयंसेवक भर्ना गरेर जिल्लाका सबै पालिकामा मतदाता शिक्षा दिएको उनको भनाइ छ । सल्यानमा १ लाख ५७ हजार ७ सय १ मतदाता छन् । जिल्लाभरिका २ सय ५ मतदान केन्द्रबाट कुल ८४ हजार अर्थात् ५३.२७ प्रतिशतले मतदान गरेका थिए ।

मतदाता शिक्षा नपाउँदा मत बदर

जुम्ला– जिल्लामा यसपालिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भएको बदर मत हेर्दा मतदाता शिक्षा नाम मात्रै भएको देखिएको छ । प्रत्यक्ष तथा समानुपातिक गरेर ९ हजार ६ सय ४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ २ हजार ४ सय ७८ मत बदर भएकोमा प्रदेशसभा ९क० तर्फ १ हजार ८२ मत बदर भएको छ । प्रदेशसभा ९ख० ६ सय ९८ र प्रदेशसभा समानुपातिकतर्फ २ हजार ९ सय ३७ मत बदर भएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ २ हजार ४ सय ४९ मत बदर भएको तथ्यांकमा उल्लेख छ ।

प्रतिनिधिसभामा ४५ हजार २ सय ८४, प्रदेश (क) मा २४ हजार ६ सय ६५ र प्रदेशसभा (ख)मा २० हजार ६ सय ७ खसेको थियो । प्रदेशसभा समानुपातिकतर्फ ४५ हजार ७ सय १३ र प्रतिनिधिसभा समानुपातिकतर्फ ४५ हजार ६ सय १० मत खसेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । जिल्लाभर कुल ६८ हजार ६ सय ३८ मतदाताले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ज गरेका थिए ।

मतदाता शिक्षा गाउॅमा नपुगेकोले समस्या भएको स्थानीय देबहादुर थापाले बताए । जिल्ला निर्वाचन अधिकारी महेश शर्मा धेरैजसो मतदाता साक्षर नभएकाले बदर मतको संख्या बढेको प्रतिक्रिया दिन्छन् । एउटै चिह्नमा औंठाछाप र कोठाभन्दा बाहिर स्वास्तिक छाप लगाएको पनि पाइएको छ ।

बुधबार, १४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा