प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर पहिलो दल बनेको हो । नेपाली कांग्रेसले २५ लाख ४८ हजार मत प्राप्त दोस्रो दल गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार मत प्राप्त गरेर तेस्रो दल बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ६९ हजार, जनता समाजवादी पार्टीले ३ लाख ८८ हजार र जनमत पार्टीले ३ लाख ५६ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

नेकपा एकीकृत समाजवादीले अहिलेसम्म २ लाख ८१ हजार मत पाएको छ । निर्वाचनमा खसेको मत मध्ये सदर मतको ३ प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ । आयोगले प्रदेशतर्फ समानुपातिकतर्फको मतगणना पनि जारी राखेको छ । प्रदेश सभातर्फको समानुपातिक मतमा पनि एमाले नै अगाडि रहेको छ । मुलुकका ७ प्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि रहेको छ ।

बुधबार, १४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !