प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) एक क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ३५ स्थान र नेकपा (एमाले) ३२ स्थानमा अग्रस्थानमा छन् । साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र पार्टी ८, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र अन्यले १९ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रत्यक्षतर्फ अग्रस्थानमा रहेको नेपाली कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार एमालेले हालसम्म २३ हजार ३७४ मत प्राप्त गरी शीर्ष स्थानमा छ भने नेपाली कांग्रेस २१ हजार ९४९ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५०५ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)ले आठ हजार ३९८ मतका साथ चौथो स्थानमा छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६०० मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३७५, नागरिक उन्मुक्ति पार्टीले ७६५ र अन्यले चार हजार ८६५ मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) शीर्ष स्थानमा छ । एमालेले आठ हजार १२४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले सात हजार ४११ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई हजार ६७८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १४८, जनता समाजवादी पार्टी नेपालले एक हजार ३७५ र अन्यले तीन हजार ८३ मत प्राप्त गरेका छन् ।-

मङ्लबार, ६ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे